मलेसियामा नेपाली चढेको बस दुर्घटना, दुई नेपाली सहित १० जनाको मृत्यु
काठमाडौं, चैत २५ । मलेसियामा नेपाली चढेको बस दुर्घटनामा परेको छ। सेलागर भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुई नेपालीसहित १० जनाको मृत्यु भएको हो।
इन्डोनेसियाका ३ र बंगालका ५ जनाको नागरिकको उक्त दुर्घटनामा परी ज्यान गएको हो।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस दुर्घटना परेको हो।
मलेसिया स्थित नेपाली दूतावासका उपप्रमुख कुमार खरेलले दुई नेपालीको घटना स्थालमै ज्यान पुष्टि गरे।
उनका अनुसार मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
प्रतिक्रिया दिनुहोस्