नेप्से ९ महिना यताकै न्यून बिन्दुमा

काठमाडौं । साताको तेस्रो दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २०.६४ अंकले घटेर १४४७.०४ को बिन्दुमा पुगेर रोकिएको छ । यो बिन्दु ९ महिना यता कै न्यून हो ।

आज कारोबारमा आएका १ सय ५९ कम्पनीको १० लाख ३८ हजार २ सय ९८ कित्ता शेयर खरिद बिक्रिबाट ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपियाँको कारोबार भएको छ ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, एभरेस्ट बैंक, चिलिमे हाइड्रो, नेपाल बैंक लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्