झापाबाट खैरो हेरोईनसहित एक जना पक्राउ
काठमाडौं, चैत २४ । झापामा प्रहरीले खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका-६ भन्सार गेट अगाडिबाट बिर्तामोड नगरपालिका-७ का १९ वर्षीय विकाश राजवंशीलाई प्रहरीले नियन्त्रण लिएको हो ।
राजवंशीको साथबाट ८ सय ग्राम खैरो हेरोईन बरामद भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्