एकै परिवारका ३ जनाले गरे सामुहिक आत्महत्या, कारण यस्तो छ
काठमाडौं, चैत २२ । भरतपुरमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्।
भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका हुन्।
जस्तापाता अड्याएको फलाम डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता आले र १३ वर्षका छोरा विवेश आलेले पासो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन गरिसकेको छ।मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।
उनीहरुले राति करिब १ बजेको समयमा आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ। मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। उनीहरु करिब आठ वर्षअघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए।
प्रतिक्रिया दिनुहोस्