कालीकोटमा दुइ दिने निः शुल्क आँखा शिविर, स्थानीय हर्षीत
शरद रेग्मी ,कालीकोट २१ चैत । कर्णाली प्रदेशको कालीकोटमा दुइ दिने निः शुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली प्रदेशमा आँखा उपचार सेवा पु¥याउने लक्ष्यले विहिवार देखि शिविर सुरुगरेको हो ।
नेपाल नेत्रज्योति संघ कालीकोटको आयोजना कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालयको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
संघका केन्द्रिय सदस्य, कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीले कर्णाली प्रदेशका जनतालाई निःशुल्क आँखा उपचार सेवा दिन प्रदेश सरकारसंग अवधारणा पेस गरेको र सोही अनुरुप काम सुरुगरेको बताए । उनले भने, ‘अव कोही पनि आर्थिक अभावका कारण उपचार सेवा नपाई दृष्टी विहिन्ताको समस्याबाट बस्नुपर्नेछैन् हामीहरुले प्रदेश सरकार संग समन्वय गरी कर्णाली प्रदेशका जनतालाई उज्यालो प्रदान गर्नेछौं ।’
कार्यक्रममा कालीकोटका ८२ बर्षिय आइले तिरुवाले घर आगनमै विशेषज्ञ डाक्टरबाट शल्यक्रियाका साथै आँखा चेकजाँच गराउन पाउँदा आफुहरु हर्षित भएको बताए ।
त्यस्तै जुम्ला– १ का ८९ बर्षिय शेरे सार्कीले पनि पहिलोपटक आँखा चेकजाँच गराएको र निःशुल्क चश्मा पाउँदा खुसीभएको बताएका थिए ।
शविरमा पहिलो दिन सात सय बढीको आँखा चेकजाँच र एकसयबढीको मोतिविन्दुको शल्यक्रिया गरीने राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए । राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डा.सुरेश रसाइली, नेत्र अधिकृत, नेत्र सहायकलगायत २० जनाको प्राविधिक टोलीले शल्यक्रिया तथा आँखा चेकजाँच गर्ने सूचना अधिकारी बालाराम खड्काले जानकारी दिएकाछन् । दुई दिन सम्म सञ्चालन हुने शिविरमा अछाम, जुम्ला,दैलेख कालीकोटका विभिन्न जिल्लाबाट एक दिन अघीनै कालीकोटको मान्म बजार आइपुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्