दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको महाअभियान
काठमाडौं, १४ चैत । पाँचथरमा सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान संचालन गरेको छ ।
१५ दिने महाअभियानलाई जिल्ला ट्राफिक प्रहरीले तिव्रता दिएको हो ।
चैत्र १ गतेदेखि शुरु भएको महाअभियानमा पाँचथर ट्राफिक प्रहरीले विभिन्न रुटमा गुड्ने सवारी चालक र सहचालकलाई ८० थान पोशाक वितरण गरेको छ ।
सचेतनामूलक पर्चा पम्प्लेट १ हजार ५ सय जनालाई वितरण गरेको छ ।
सडक टुर्घट्ना न्यूनिकरणकोे लागि ६ सय जना सवारी चालक र सहचालकलाई प्रशिक्षण गरिनुका साथै १ हजार २ सय जना यात्रुलाईसमेत सचेतीकरण प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जनकराज तिम्सिनाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्