नयाँ बसपार्कबाट १६ ग्राम खैह्रो हेरोईनसहित दुई जना पक्राउ

काठमाडौैं, चैत १३। काठमाडौंको नयाँ बसपार्कबाट १६ ग्राम खैह्रो हेरोईनसहित दुई जना पक्राउ परेका छन् ।

राजधानीमा बुधबार खैह्रो हेरोईन ‘ब्राउन सुगर’सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत, बालाजुको टोलीले कोहलपुर, बाँकेका रमेश बस्नेत र शेरसिंह रोकायालाई पक्राउ गरेको जनाएको छ ।

उनिहरुको साथबाट प्रहरीले उक्त लागु औषध जोख्ने तराजु पनि बरामद गरेको छ भने परेका दुवै जना लागु औषधको कारोबारी भएको खुलेको छ । खैह्रो हेरोइन निकै महँगो मुल्यमा कारोबार हुने गरेको छ।

यसका प्रयोगकर्ता धनाड्य परिवारका सदस्यहरु रहेको प्रहरीका अनुसन्धानबाट पाईएको छ।

प्रतिक्रिया दिनुहोस्