कपडा पसलमा आगलागी: ५० लाख बराबरको क्षति
काठमाडौं, चैत १२ । लमजुङमा रहेका २ वटा कपडा पसलमा आगलागी भएको छ । लमजुङको बेसीशहर नगरपालिका–८, भिमसेनस्थानमा रहेका दुई पसलमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको हो।
आगलागीबाट उत्तरबहादुर परियारको कपडा पसल र रुपेश थापाको कम्युटर मर्मत केन्द्रमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले आगो निभाएका थिए ।
आगलागीबाट दुवै पसलमा गरी ५० लाखभन्दा बढिको क्षति भएको अनुमान गरिएको जिप्रका लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए।
सोमबार राति विद्युत शर्ट भएर पसलमा आगलागी भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्