ट्रकले मोटरसाइकललाई ठक्क दिदा श्रीमानको मृत्यु , श्रीमती र छोरा घाइते
काठमाडौं, चैत १२। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका(१ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब साढे ९ बजे नारायणगढतर्फ आइरहेको ना४ख ९९८१ नम्बरको ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका ८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र ८ वर्षीय छोरा लीलबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सीएमएस) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।
घाइतेको अवस्था सामान्य छ । ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्