सोमबार शेयर बजारमा सामान्य अङ्कको सुधार

काठमाडौ, चैत्र ११ । लगातार ओरालो लाग्दै गएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक ११३८.६७ विन्दुमा पुगेर बन्द भएको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीको ९ लाख २९ हजार ३९७ कित्ता शेयर रु २४ करोड २७ लाख २७ हजार ७५५ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने घटेको छ । ६ वटा उपसमूहको शेयर भने बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बीमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बीमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । यस्तै शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमइ समुन्नत स्किम एकका शेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु २ करोड ८ लाख, नागरिक लगानी कोष रु १ करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु ८८ लाख ६४ हजार ४९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८२ लाख ८२ हजार ७५६ कारोवार सबैभन्दा धेरै कारोवार भएका थिए ।

काठमाडौ, चैत्र ११ । लगातार ओरालो लाग्दै गएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक ११३८.६७ विन्दुमा पुगेर बन्द भएको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर रु २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने घटेको छ । ६ वटा उपसमूहको शेयर भने बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बीमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बीमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । यस्तै शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमइ समुन्नत स्किम एकका शेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु २ करोड ८ लाख, नागरिक लगानी कोष रु १ करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु ८८ लाख ६४ हजार ४९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८२ लाख ८२ हजार ७५६ कारोवार सबैभन्दा धेरै कारोवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्