वीरगन्जमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु
काठमाडौं, चैत ९ । वीरगन्जमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण मृत्यु भएको हो।
वीरगन्ज महानगरपालिका-१० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण मृत्यु भएको हो।
१५ दिनदेखि बिरामी रहेका कासरियाको ५१ वर्षको उमेरमा शुक्रबार साँझ भारतको उत्तरप्रदेशको लखनउमा उपचारका क्रममा मृत्यु भएको हो।
भारतको इलाहावादमा लागेको कुम्भ मेलाबाट घर फर्किएपछि कसरिया अस्वस्थ्य भएका थिए। मेलाबाट फर्किएका कासरिया वीरगन्जको एक क्लिनिकमा भर्ना भएका थिए।
लामो समयसम्म स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि भारत बिहारको राजधानी पटना पुर्याइएको थियो।
कासरियाका भतिजा अमित अग्रवालका अनुसार, पटना अस्पतालमै उपचारका क्रममा उनलाई स्वाइन फ्लु लागेको पुष्टि भएको थियो।
स्वास्थ्य झन् जटिल बन्दै गएपछि कासरियालाई पटनाबाट थप उपचारको लागि दिल्ली लाने क्रममा शुक्रबार उनको मृत्यु भएको अग्रवालले जानकारी दिए।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले कासरियाको मृत्यु स्वाइन फ्लुबाट भएको भन्ने पारिवारजनले बताएको जानकारी दिए। उनले स्वाइन फ्लुकै कारण मृत्यु भएको भए संवेदनशील हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्