आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या
काठमाडौं,चैत ८ । सर्लाहीमा एक जनाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–५ मा ति युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।
स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बस्ने सप्तरीको साबिक हर्दिया गाविस–५ का ३० वर्षीय रामजी विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै श्रीमती ३३ वर्षीया सुनिता विश्वकर्माको हत्या गरेका हुन् ।
बिहीबार राति साढे १० बजेतिर रामजीले घाँटी लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गर्दा सुनिताको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले बिहीबार राति नै नियन्त्रणमा लिएको छ ।
रामजी बरहथवास्थित बजारमा रहेको अमर सुनचाँदी पसलमा कालीगढको काम गर्थे भने सुनिताले चक्र जनता बहुमुखी क्याम्पसमा शिक्षिकाको रुपमा काम गर्दै आएकी थिइन् ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।
रामजीसँग दोस्रो विवाह गरेकी सुनिताको पहिलो श्रीमानतर्फको करिव १५ वर्षकी छोरी छिन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्