लुटेराको बिगबिगी: हतियार देखाएर १ सय २० तोला सुन लुटियो
काठमाडौं, चैत ७ । हतियारधारी एक समूहले बुधबार सिन्धुलीबाट ६० लाख मुल्यको १ सय २० तोल सुन लुटेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्वचालित पेस्तोल तथा तरबारसहित आएका अज्ञात लुटेराको समूहले कनपा(६ स्टलबजरमा कालिगढले बनाउँदै गरेको सुन लुटेरा फरार भएका हुन्।
होलीका दिन सबै होलीमा रमाइरहेका बेला उनीहरुले सुन लुटेर फरार भएका छन्। जिल्लाका विभिन्न सुनचाँदी पसलमा कार्यरत कालीगढले स्टलबजारस्थित उद्योग बाणिज्य संघको कार्यालय पछाडीको कोठा भाडामा लिएर गरगहन बनाउँदै आएका थिए।
स्थानीयले कालो माक्स लगाएका, कपालमा विभिन्न प्रकारका रंगहरु लगाएका द्धरछजनाको समूहमा आएका लुटेराले १ सय २० तोला सुन लुटेर फरार भएको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्