नेपाल धितोपत्र बोर्डद्वारा सेयर बजार प्रतिकूल गतिविधि नगर्न आग्रह

काठमाडौं , चैत ५ । नेपाल धितोपत्र बोर्डले सेयर बजार प्रतिकूल गतिविधि नगर्न आग्रह गरेको छ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा केही लगानीकर्ताले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि बोर्डले यस्तो आग्रह गरेको हो।

लगानीकर्ताले सेयर बजार सुधारको माग गर्दै आन्दोलन चर्काउन थालेपछि बोर्डले यस्तो नगर्न आग्रह गरेको हो।

सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री युवराज खतिवडाको बर्खास्तगी माग गर्दै आठदिने आन्दोलन घोषणा गरेपछि बोर्डले उनीहरुलाई संयमित हुन आग्रह गरेको हो।

बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै बजार विकास तथा सुधारका प्रयास भइरहेकोले अवाञ्छित गतिविधि नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्