बस र म्याजिक एकआपसमा ठोकिए, १४ जना यात्रु घाइते
काठमाडौं, चैत २ । प्युठानमा शनिबार बस र म्याजिक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
बाग्दुलादेखि खलंगातर्फ जाँदै गरेर ना ४ ख ४७०५ नम्बरको बस र सदरमुकाम खलंगाबाट बाग्दुला आउँदै गरेको रा १ ज ६८३ नम्बरको म्याजिक एकआपसमा ठोकिएका थिए ।
घाइतेमध्ये म्याजिकमा सवार १४ जना रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
घाइते सबैको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्