लागूऔषध सहित चारजना पक्राउ
काठमाडौं, फागुन ३० । प्रहरीले सर्लाहीमा दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूल नजिकै १० किलो गाँजा ओसारपसार गरिरहेको अवस्थामा विहिबार बिहान २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ आईरहेको ग. ६ प ८६४६ नम्बरको मोटरसाईकलमा गाँजा राखेर आईरहेको अवस्थामा लालवन्दी नगरपालिका–१ निवासी २१ वर्षीय मोहम्मद नजाउद्दीन र हरिवन नगरपालिका–१ निवासी २२ वर्षीय जितेन्द्र राउत पक्राउ परेको प्रहरीले जनाएके छ ।
प्रतिक्रिया दिनुहोस्