भरतपुर महानगरपालिकाको वडा कार्यालयमा सिलिन्डर बम विस्फोट


काठमाडौं, फागुन २९ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ ।

गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी भएको छ ।

विस्फोट गराउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिवन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

क्जबचभ त्धभभत एष्ल

प्रतिक्रिया दिनुहोस्