तनहुँमा ट्याक्टर पल्टिदा १ जनाको मृत्यु ,६ घाइते,दुईको अवस्था गम्भीर

काठमाडौंमा फागुन २६ । तनहुँमा ट्याक्टर पल्टिदा १ जनाको मृत्यु भएको छ भने ६ घाइतेभएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका- ६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा ऋषिङ ५ की ३५ वर्षीया मैयाँ सिञ्जालीको मृत्यु को प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।

यसैगरि दुर्घटनामा चालकसमेत गम्भीर घाइते छन्। घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेर पोखरा उपचारका लागि पठाएको श्रेष्ठले बताए। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ।

ऋषिङ ७ ओख्लेबाट ऋषिङ-५ सपाङदीतर्फ गइरहेको ग १ त ५३१० नम्बरको ट्याक्टर अत्यधिक गतिका कारण दुर्घटनामा परेको हुनसक्ने ऋषिङ गाउँपालिकाका कर्मचारी दानबहादुर श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो । टयाक्टरमा विवाहको भोज खाएर फर्किदै गरेका जन्ती सवार थिए।

प्रतिक्रिया दिनुहोस्