पदयात्राका क्रममा हराइरहेका दुई जनाको हिउँपहिरोमा परी मृत्यु

काठमाडौं, फागुन २५ । अन्नपूर्ण पदयात्राका क्रममा हराइरहेका नेपाली पथप्रदर्शक र विदेशीको हिउँपहिरोमा परी मृत्यु भएको छ ।

यही फागुन ९ गतेदेखि सम्पर्कविहिन हल्याण्डका डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाको ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो ।

थोरङपासका लागि माथिल्लो गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा क्याङली भीरमा आएको हिउँपहिरोमा परी मृत्यु भएका दुबैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि काठमाडौं ल्याईंदै छ ।

प्रतिक्रिया दिनुहोस्