पोखराको नाईन्टी नाईन क्लबमा आगलागी, करोडौंको क्षती
काठमाडौं, २५ फागनु । पोखराको हल्लनचोक स्थित रहेको नाईन्टी नाईन क्लबमा आगलागी भएको छ । गएराति लागेको आगो एक घण्टा पछि मात्रै नेपाल प्रहरी, आर्मी सशस्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयका अनुसार क्लबको तल्लो फ्लोर बर्गर क्याफेमा सिलिण्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
ऋागलागबाट करोडौंको क्षति भएको अनुमान भएता पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । आगालागीको बारेमा थप अनुसन्धान भईरहेको कास्की प्रहरी उपरिक्षक ओमबहादुर रानामगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्