झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्दै, तीन वटा पुल अन्तिम चरणमा
काठमाडौं, फागुन २४ । झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्ने भएक छन् । निर्माण सकिएको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १४ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ ।
सडक विभागको पुल महाशाखा सडकखण्डमा पर्ने १४ वटा पुललाई ‘डिजाइन एण्ड बिल्ड’को आधारमा निर्माण गर्न दिने गरी प्रकृया अघि बढाएको हो ।
सो सडकखण्डमा पर्ने १८ पुल मध्ये चार वटा पुल निर्माणको चरणमा छन् । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईले पुल निर्माणको लागि ठेक्का आहृवान गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए ।
सुरूमा नेपाल सरकारकै लगानीमा १४ वटा पुल निर्माण गरिने छ ।
यसैगरि नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने निर्माणाधीन चार पुल मध्ये तीनबाट पुल निर्माणको अन्तिम चरणमा छन् ।
मौरी, खानीखोला र दासढुङ्गा पुल निर्माणको काम अन्तिम चरणमा छ । जेठको आधाआधीमा काम सकिने सम्भावना छ ।
आयोजनाका इन्जिनियर शिव खनालका तीनबाट साना पुलको ६४ प्रतिशत काम सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्