हेलिकप्टर दुर्घटना: रविन्द्र अधिकारीका अङ्गरक्षक घिमिरेले बोकेको पेस्तोल भेटियो

काठमाण्डौ , फागुन २२। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ ।

यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उहाँका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो ।

ताप्लेजुङको अस्थाई प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले आज जानकारी दिएको छ ।

दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सातको निधन भएको थियो । तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाण्डौ फर्कने क्रममा खराव मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्