फ्री भिषा लागेपछि चिनियाँ पर्यटकको संख्या बढ्यो
काठमाडौँ , फागुन २२। फ्री भिषा लागेपछि चिनियाँ पर्यटकको संख्या बढ्ेको छ । चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ३६ हजार भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।
चिनियाँ नागरिकका लागि नेपाल भ्रमण गर्न फ्री भिषा लागु भएयता स्थल मार्ग हुँर्दै यति धेरै संख्यामा चिनियाँ यो नाका हुँदै भित्रिएका हुन् ।
चीनको ल्हसा हुँदै केरुङ सडक मार्गबाट नेपाल भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटक रहेका छन् ।
नेपाल आउँदा भिसा शुल्क नलाग्ने, अन्तर्रा्ष्ट्रिय नाका भएको, जलविद्युत आयोजनाहरूमा चिनियाँ कामदार रहेका कारण चिनियाँ पर्यटक बढी सङ्ख्यामा आएका अध्यागमन अधिकृत विष्णु घर्तीले बताए ।
सन् २०१६ मा पाँच हजारको संख्यामा नेपाल प्रवेश गरेकोमा सन् २०१७ र अठारमा १ लाख ३० हजार चिनियाँ पर्यटक आएको रसुवागढी अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्