काठमाण्डौबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना, २६ जना घाइते

काठाडौं, फागुन २२ । बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको श्रीनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरका डाक्टर मानबहादुर केसीले बताए।

प्रतिक्रिया दिनुहोस्