२३ वर्षीय नेपाली सेनाका जवानले आफैलाई गोली हानेर ब्यारेकभित्रै गरे आत्महत्या !

काठमाडौं, फागुन २१। कञ्चनपुरमा एक नेपाली सेनाका जवानले आफैलाई गोली हानेर ब्यारेकभित्रै आत्महत्या गरेका छन् ।

कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् ।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको जानकारी दिए ।

उनले भने, “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ । के कारण आत्महत्या गरेको अनुसन्धान भइरहेको छ ।’

खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्