एकाएक आफैंले बोकेको बन्दुक पड्कँदा एक जना सेनाका जवानको मृत्यु
काठमाडौं, फागुन १९ । धनकुटाको सल्लेरीमा आफैंले बोकेको बन्दुक पड्कँदा सेनाका एक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटी घर भएका चेतराज जोशी छन् । धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत जोशीले गए राती ड्युटीमा रहंदा आफैंले बोकेको बन्दुक पड्किएको बताइएको छ ।
छातीमा गोली लागेका उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा मृतक आफैले गोली चलाएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्