चितवनको ग्लोबल आइएमई बैंकमा आगलागी

काठमाडौं, फागुन १६ । चितवनको ग्लोबल आइएमई बैंकमा आगलागी भएको छ । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज दिउसो ३ बजे आगलागी भएको हो ।

विद्युत् चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीयवासी र दमकलको सहयोगले मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्