वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले पायो हरित कोषको सदस्यता
काठमाडौं , फागुन १६ । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र हरित जलवायु कोष ९ग्रीन क्लाइमेट फण्ड०को सदस्यता प्राप्त गर्ने पहिलो नेपाली निकाय बनेको छ ।
राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धी अन्तरगत रहेर अनुकुलन र कार्बन उत्सर्जन न्यूनिकरण गर्न सहयोग पुर्याउने परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गर्न कोष को स्थापना सन् २०१० मा भएको थियो ।
कोषको बिहीबार बसेको २२औं बोर्ड बैठकले वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रलाई एक्रेडिटेड इन्टिटीको रूपमा स्वागत गरेको हो ।
‘वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले अब कोषको रकम प्रयोग गर्न प्रस्ताव तयार पार्न सक्ने छ’, राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धिका नेपाल फोकल पर्सन तथा वातावरण मन्त्रालयका सह सचिव महेश्वर ढकालले बताए ।
यो कार्य हालसम्म राष्ट्रसंघीय विकास कार्यक्रम र आइयूसीएन जस्ता कोषबाट मान्यता प्राप्त राष्ट्रिय संस्थाहरूले मात्रै गर्दै आएका थिए ।
नेपालकै अर्को गैरसरकारी निकाय प्रकृति संरक्षण कोषले पनि हरित कोषको सदस्याताका लागि आवेदन दिएको छ । उसको आवेदनमाथि भने बोर्डको अर्को बैठकमा निर्णय हुन सक्ने श्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्