२८ विद्यालयलाई कम्प्यूटरसँगै ई–हाजिरी प्रणाली वितरण
काठमाडौं, फागुन १४ ।भोजपुरमा २८ विद्यालयलाई कम्प्यूटरसँगै ई–हाजिरी प्रणाली वितरण गरिएको छ । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले २८ विद्यालयलाई कम्प्युटर तथा इन्भर्टर वितरण गरेको हो ।
विद्यालयको पढाइको गुणस्तरलाई सुधार गर्न लागि र विद्यार्थीलाई प्राविधिक ज्ञानको शिक्षा दिलाउने उद्धेश्यले गाउँपालिकाले सामग्री वितरण गरेको हो ।
विद्युत नपुगेका ११ ओटा विद्युत विद्यालयलाई इन्भर्टरसहित १ सय वाटको सोलार, एक÷एक थान कम्प्यूटर र ई–हाजिरी वितरण गरेको छ ।
गाउँपालिकाको १० ओटा विद्यालयलाई एक(एक थान कम्प्युटर र ई–हाजिरी वितरण गरेको छ । त्यसैगरी पहिला कम्प्यूटर जडान गरिएका ७ ओटा विद्यालयलाई ई–हाजिरी मात्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम भट्टराईले बताए ।
गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार ४ लाख ५० हजारको इन्भर्टर सहितको सोलार, ११ लाख ५० हजारको कम्प्युटर र २८ ओटा ई–हाजिरीको लागि ४ लाख गरी २० लाख वरावरको सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्