टिकाटालो भएर पनि पहिलो केटासँग दाइजोकै कारण विवाह रद्द, दोश्रो केटाले पनि दाइजो मागेपछि……

काठमाडौंँ, फागुन १३ । दुई महिनापछि मात्र उनको टीकाटालो रद्द भएको थियो। पर्साको जिराभवानी गाउँपालिका–३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुलापक्षले एउटा मोटरसाईकलसहित ५० हजार नगद मागेको थियो।

छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएको थियो। दाईजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेको उनले सुनेकी थिइन्।

यसपटक भने सीमापारी भारतबाट केटापक्ष आउन लागेका थिए। केटापक्षले ५० हजार नगद मागेको आफ्ना पिता चन्द्रिका मुखियाले शनिबार राती घरमा सुनाए। परिवारमा फेरि नियास्रो वातावरण छायो।

केटापक्ष सोमबार टिकाटालो गर्न आउँदै थिए। दुई दिनअघि लालकुमारीले आफैँसँग हारिन्। उनले आत्महत्या गरिन्।

परिवारले उनको शव सद्गत गर्न लाग्दा आइतबार मध्यान्ह प्रहरीले स्थानीय चन्द्रवती खोलाबाट नियन्त्रणमा लियो। प्रहरीले उनले आत्महत्या गरेको पुष्टी गरेको छ।

स्थानीयका अनुसार शनिबार राती आफ्ना पिताले केटा पक्षबाट दाइजो मागेको भनेर परिवारलाई सुनाएका थिए। त्यो कुरा लालसाले पनि सुनिन्। दाइजो दिनसक्ने हैसियत परिवारमा नभएको स्थानीयले बताए।

उनीहरुका अनुसार पहिलाको टिकाटालो त्यही कारण रद्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्