काठमाडौंका लागि छुटेको बस रुकुममा दुर्घटना, ९ जना घाइते, अन्यको अवस्था कस्तो ?

काठमाडौं, फागुन १२ । काठमाडौंका लागि छुटेको बस रुकुममा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएको भएको प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । ।

आईतवार दिउँसो पश्चिम रुकुममा बस दुर्घटना भएको हो ।

पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौंका लागि पश्चिम रुकुमको मुसिकोट हुँदै आएको ना ५ ख ५३८५ नम्वरको बस दुर्घटनामा परेको हो ।

९ जनाको अवस्था सामन्य रहेको र एक जना सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए । उनका अनुसार बसमा २४ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्