शिक्षकको जागिर लगाइदिन्छु भन्दै एक लाख घुस माग्ने अख्तियारको फन्दामा

काठमाडौं, फागुन ११ । शिक्षकको जागिर लगाइदिन्छु भन्दै एक लाख घुस माग्ने एक जना अख्तियारको फन्दामा परेका छन्।

कपिलवस्तुको यशोधरा गाउँपालिका ३ श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालय बसन्तपुरका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबेलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयले खोलेको शिक्षक दरवन्दीमा जागिर लगाइदिने भन्दै एक लाख रुपैयाँ लिएको आरोपमा तौलिहवाको एक होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले चौवेलाई रकमसहित पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान थालेको आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्