७५ हजार घुससहित जेलर क्वार्टरबाटै परे पक्राउ
काठमाडौं , फागुन १०। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।
कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए । लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बाहनामा कम माग्दै आएको बताइएको छ ।
दिउँसो १२ बजेतिर टोली क्वार्टरमा पुगेकोे थियो । अख्तियारका डीएसपी केशव भट्टराईको नेतृत्वमा गएको टोलीले जेलर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्