गाँजासहित तीन महिला जनकपुरबाट पक्राउ
काठमाडौं, फागुन ९ । लागूऔषध गाँजासहित तीन महिलालाई जनकपुरबाट पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा नुवाकोटको बटार–३ की २६ वर्षीया कल्पना परियार, पर्साको औराहा–१ की ४० वर्षीया ४० की जितनी चौधरी र ३५ वर्षीया कुलमती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित जनकपुरबाट जलेश्वर जाने सडकखण्डको जिरोमाइलबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
प्रहरीले पक्राउ परेका तीनै जना महिलाको साथबाट पाँच पाँच किलो गाँजा बरामद गरेको बताएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्