भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्कियो, घटनास्थलमै गयो एकको ज्यान

काठमाडौ., फागुन ८ । भक्तपुरमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्त रहेका छन् ।

काभ्रेको नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा५ख ७७४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पन्तको मृत्यु भएको हो ।

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्