बझाङमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
काठमाडौं, फागुन ८ । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-१० का मोटरसाइकल चालक २३ वर्षीय पवन छत्याल र वडानम्बर ७ का २२ वर्षीय प्रेम हमालको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी प्रविण धितालले जानकारी दिए ।
सोही दुर्घटनामा परी आकाशबहादुर सिंह घाइते भएका छन् । घाइते सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सिंहले बुधबार बिहान होसमा आएपछि जानकारी दिएपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले बताएको छ ।
मोटरसाइकल सडकबाट झण्डै ४०र५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटना मंगलबार राति ११ बजे भएको हो ।
प्रतिक्रिया दिनुहोस्