करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु

काठमाडौं, फागुन ७ । करेन्ट लागेर बैतडीमा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ६ का ५५ वर्षीय भानसिंह खत्री छन् ।

मंगलबार बिहान स्थानीय सुर्नयागाडको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।

उनले प्रहरी घटनास्थल पुगिसकेको र अनुसन्धान सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्