अर्घाखाँचीमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

काठमाडौं, फागुन ५ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका– ८ हंसपुरको बिजुरेमा चट्याङ लागेर स्थानीय २६ वर्षीय बाबुराम अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

चट्याङ लागेर अचेत अवस्थामा रहेका अधिकारीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । घाइते २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

यस्तै, चट्याङ लागेर मालारानी–९ को गोखुंगामा स्थानीय कविराम पौडेलको दुईवटा बाख्रा मरेको स्थानीय इन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्