चितवनबाट सालको काठसहित २ पक्राउ

काठमाडौं, फागुन ३ । चितवनबाट सालको काठसहित दुईजना पक्राउ परेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–७, हरिपुर सव–डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया ९१ सय ४ क्यूफिट काठ डिभिजन वन कार्यालय, चितवनले बरामद गरेको हो ।

काठ तस्करमा संलग्न रत्ननगर नगरपालिका–१३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका दुवैजना तस्करीमा प्रयोग भएको भ्यानका चालक हुन् ।

काठ तस्करीमा प्रयोग गरिएको ना ४ च ७९४३ र ना ४ च ९३१० नम्बरको बोलेरो पिकअप समेत नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विशेष सूचनाका आधारमा हरिपुर सव–डिभिजन वन कार्यालय र रानीखोला सामुदायिक वन कार्यालयको गस्ती टोलीले सो काठ बरामद गरेको हो ।

तस्करमा संलग्न अन्यको खोजी भइरहेको र नियन्त्रणमा लिइएकालाई वन ऐन, २०४९ अन्तर्गत कारबाही गरिने पौडेलले जानकारी दिए । बरामद गरिएको काठसहित पक्राउ परेका व्यक्ति र गाडीलाई डिभिजन वन कार्यालय, भरतपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्