यस वर्षको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार प्रेमराजा महतलाई

काठमाडौं। बरिष्ठ लोक गायक प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
तनहँु जन्म थलो भएपनि अमेरिकालाई कर्म थलो बनाएका र लामो समयदेखि बिदेशमा बसेर लोक संगीतमा सक्रिय भएका महतलाई बिदेशमा बसेर पनि नेपाली लोक संगीतमा निरन्तर सक्रिय रुपमा लागेकोमा सम्मान प्रदान गरिएको हो ।

अमेरिकाको बाल्टीमोरमा परिवारसहित बसेर ब्यवसाय गरिरहेका महतले हरेक बर्ष जसो नेपालमा आएर बिभिन्न लोक लयका गीतहरु बजारमा ल्याउने गरेका छन् ।

राष्ट्रिय गीत तथा माया प्रेमका बिभिन्न गीतहरु निकाल्दै आएका महत अमेरिकामा रहेर पनि बिभिन्न राज्यहरुमा आफ्ना प्रस्तुती दिने गरेका छन् ।

अमेरिकन समुदायमा समेत राम्रो सांगीतिक प्रभाव पार्न सफल भएका महत नेपाल सरकारको तर्फबाट महाबाणिज्यदुत समेत हुन् ।

आफूलाई पुरस्कार प्रदान गरिएको थाहा पाए पछि महतले पुरस्कार छनौट समिति लगायत सबैलाई आभार ब्यक्त गरेका छन् ।

महतले आफूलाई पुरस्कार पश्चात नेपाली गीतसंगीतमा लाग्न थप हौसला मिलेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्