विश्व चर्चित अभिनेत्री मरिलिन मन्रोको सफल सिनेयात्रा र सहस्यमय मृत्यु
काठमाडौं,१८ जेष्ठ । अमेरिकी अभिनेत्री मरिलिन मन्रो पेशाले मोडल, अभिनेत्री तथा गायक थिइन् । उनको जन्म १ जुन १९२६ मा अमेरिकाको लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो । उनको जन्मको नाम नर्मा जिन मोर्टेन्सन थियो ।
मरिलिन मन्रो अमेरिकी चलचित्र इतिहासको सबैभन्दा प्रसिद्ध र चिरपरिचित अभिनेत्रीमध्ये एक थिइन्। उनको जीवनको लामो समय संघर्षपूर्ण रह्यो । बाल्यकालमा उनले अभिभावकविहीन अवस्थामा धेरै समय अनाथालय र पालनपोषण केन्द्रहरूमा बिताउनु पर्यो ।
उनको वास्तविक नाम नर्मा जिन थियो, तर पछि मोडेलिङ र अभिनय क्षेत्रमा प्रवेश गरेपछि मरिलिन मन्रो नामले विश्वचर्चित भइन्।
अभिनय यात्रा् मन्रोेले १९४० को दशकको अन्त्यतिर मोडेलिङबाट करियर सुरु गरिन् र त्यसपछि चलचित्रमा प्रवेश गरिन्। उनले दर्जनौं चलचित्रहरूमा अभिनय गरिन्, जसमध्ये केही विश्व प्रसिद्ध छन् । उनको अभिनय शैली, सौन्दर्य, र व्यक्तित्वले उनलाई “सेक्स सिम्बल” को रूपमा स्थापित गर्यो ।
मन्रोको व्यक्तिगत जीवन निकै उतारचढावपूर्ण रह्यो । उनले तीनपटक विवाह गरिन्, जसमा बेसबल खेलाडी जो डि’म्याजियो र लेखक आर्थर मिलर पनि थिए । उनले अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीसँगको सम्बन्धलाई लिएर पनि धेरै चर्चा पाएकी थिइन्।
उनको जीवन सधैं मिडियाको केन्द्रमा रह्यो । सौन्दर्य, प्रेम, मानसिक स्वास्थ्य समस्या, र ड्रग्सको प्रयोगले गर्दा सन् १९६२ मा उनले ३६ वर्षको उमेरमा रहस्यमय तरिकाले ज्यान गुमाइन्। आधिकारिक रूपमा मृत्युको कारण “बार्बीच्युरेट ओभरडोज” भनिए पनि यो आत्महत्या थियो वा षड्यन्त्र आजसम्म खुल्न सकेको छैन् ।
मरिलिन मन्रो केवल एक अभिनेत्री मात्र होइन, सांस्कृतिक आइकन थिइन्। उनको जीवन प्रेरणादायक साथै दुःखदपूर्ण र रहस्यमय पनि । उनले हलिउडमा महिलाहरूको भूमिकालाई नयाँ दृष्टिकोण दिन सफल भइन्।
आधिकारीक मृत्युको कारण ओभर डोज भनिए पनि यो हत्यानै थियो भन्ने आम अमेरिकी सिने प्रमिहरुको धारण छ । उनै अभिनेत्री मन्रोले सन् ५ अगस्ट १९६२ मा सदासदाको लागि यस धर्तिबाट विदा लिइन् ।
प्रतिक्रिया दिनुहोस्