‘प्रेमिका’सँग सहमतिमै यौनसम्बन्ध गर्दा पनि ८ वर्ष जेल
काठमाडौं , फागुन १। प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ।
किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ।
युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन्।
अदालतले पनि उनीहरू कानुनबारे जानकार नभएको अनुमान गरेको छ। वागमती(४ स्याउलेका दीपेन्द्र लामालाई अदालतले जेल तोकेको हो।
कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत पुगेको छ।
जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले १४ वर्ष मुनिका किशोरीसँग सहमतिमै यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ।















प्रतिक्रिया दिनुहोस्