आईतबार पनि शेयर बजार ओरालो, ११२७.५३ अंकमा पुगेर रोकियो

काठमाडौं, २७ मंसिर । आईतबार पनि शेयर बजार ओरालो लागेको छ । कारोबार अवधी बिहानदेखि नै ओरालो लागेको नेप्से परिसूचक १२.०५ अंकले घट्यो । यो नेप्से १.०६ प्रतिशतले घटेर ११२७.५३ अंकमा पुगेर रोकिएको छ ।

दोहोरो अंकले घटेको नेप्सेमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको सेयर कारोबार भएको छ । बैंकको एक करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ रहेको छ । जुन पछिल्लो कारोबारको तुलनामा आईतबार प्रतिकित्ता २ रुपैयाँले बढेको हो ।

त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः एक करोड ३९ लाख र एक करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६० कम्पनीको कारोबार भएको छ । आइतबारको बजारमा २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ सेप्सेले जनाएको छ । ।

बजारमा कारोबारमा आएका १० समूहहरु मध्ये अधिकांश समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १६० अंकले ओरालो लागेको छ ।

त्यस्तै, निर्जीवन बीमा ११०, हाइड्रोपावर २६, विकास बैंक १४ र अन्य बाँकी समूह एकल अंकले ओरालो लागेका नेप्से परिसुचकले जनाएको छ । उत होटल समूह भने ११.६८ अंकले उकालो लागेको छ । यसरी ददोहोरो अंकलले शेयर बजारमा आएको गिरावटले लगनाी कर्ता निरास बनेको छ । फर्ख र हेर ओ अवस्थामा लागानी कर्ता रहका छन् ।

प्रतिक्रिया दिनुहोस्