लागुऔषध चरेससहित तीनजना भारतीय पक्राउ

काठमाडौं, माघ २७ । लागुऔषध चरेससहित धादिङको गजुरीबाट तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । सुराकीको आधारमा काठमाण्डौबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एस आर ५५ एम ९४८४ नम्बरको भारतीय कन्टेरबाट लागु औषध बरामद गरिएको हो ।

केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट ठूलो मात्रामा चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।

भारत मोतिहारीका गुलाब खान, चालक ओमप्रकाश र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सहचालकको नाम खुलाइएको छैन ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकोले लागुऔषध ओसार–पसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्