अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ५० ग्राम सुनसहित दुई जना पक्राउ

काठमाडौं माघ २६ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको विशेष टोलीले शुक्रबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी मलानिया गाउँपालिका १ घर भएका २० वर्षीय सन्तोष यादव र धनुषा जनकनन्दनी गाउँपालिका २ खजुरी मौवा घर भएका २५ वर्षी समिम साफी रहेका छन् ।

पक्राउ परेका उनहिरुको साथबाट प्रहरीले ५०–५० ग्राम तौल भएका सुनका ७ थान वाला अर्थात् ३ सय ५० ग्राम सुन फेला पारेको प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक वोगटीका अनुसार यादवका साथबाट चार थान र साफीको साथबाट तीन थान सुन बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको मानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्