जानकी मन्दिरलाई पनि छिट्टै विश्व सम्पदा सूचीमा राखिने

काठमाडौं, माघ २५ । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।
पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए।
विश्व सम्पदा सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएका उपमहानगरप्रमुख साहले बताएका छन् ।
मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र त्यहीबमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गर्नुभएको उनले उल्लेख गरे ।
उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मानगरेका थिए ।
अहिलेसम्म नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदा गरी १० वटा क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
प्रतिक्रिया दिनुहोस्