आशा लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने, लगभग साढे २ लाखले शेयर नपाउने पक्का

काठमाडौ, २४ माघ । आशा लघुवित्तले जारी गरेको आइपीओ शुक्रबार दिउँसो बाँडफाँड हुने भएको छ । लघुबित्तको शेयर निश्कासन तथा बिक्री प्रबन्धक रहेको प्रभु क्यापिटलको अनुसार शुक्रबार आइपीओ बाँडफाँड गरिने कार्यक्रम तय गरिएको छ । यो आइपीओमा कुल १ अर्ब १८ करोड ४९ लाख १५ हजार रुपैयाँको आवेदन परेको थियो ।

३ लाख १३ हजार जनाले १ करोड १८ लाख ४९ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् । क्यापिटलका अनुसार आईपिओमा आवेदन गरेका २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने निश्चित भएको छ भने १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ जनालाई मात्र बितरण गरिनेछ । प्रतिशतका आधारमा हेर्दा लघुवित्तको शेयर पाउने आवेदकहरु २०.३८ प्रतिशत मात्र हुने भएका छन् । त्यस्तै बाँकि ७९.६२ प्रतिशत आवेदकले शेयर नपाउने भएको छ ।

६७७ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । आशाले गत शुक्रबार (माघ १८ गते) देखि ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।
१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्