हुम्लामा भारी हिमपात पछि रोकिएको हवाई सेवा सूचारु

काठमाडौं, माघ । हुम्लामा भारी हिमपात पछि रोकिएको हवाई सेवा हिजोदेखि सूचारु भएको छ ।
सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल, सिमकोट गाउँपालिका लगायत अन्य सरकारी कार्यालयका कर्मचारीले पन्छाएपछि हवाई सेवा सुचारु भएको हो ।
तारा एयरलाईन्सका तीन वटा जहाजले हिजोदेखि उडाउन भरेका छन् । हिमपातले हवाई उडान बन्द हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समस्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्