काठमाडौं ,माघ १५। रेष्टुरेन्ट तथा बारहरुमा लाग्दै आइरहेको अतिरिक्त १० प्रतिशत सेवाशुल्क हटाइएको छ ।
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल९रेवान०को माघ १४ गते बसेको काठमाडौं, सौराहा र पोखराका व्यवसायीहरुको बृहत भेलामार्फत उपभोक्ताबाट आएको ब्यापक विरोधपछि शेवा शुल्क हटाइएको रेवानले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
रेवानका केन्द्रिय अध्यक्ष प्रमोदकुमार जैसवाल, पोखरा अध्यक्ष भीमसेन भुजेल र सौराहा अध्यक्ष गोकर्ण गिरीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा काठमाडौं, पोखरा र सौराहाका रेष्टुरेन्ट तथा बारहरुमा सेवा प्रयोग गरेबापत कुनै शेवाशुल्क लिइने छैन भनिएको छ ।
सेवा शुल्क खारेजीसँगै रेष्टुराँमा उपभोक्तालाई ‘मेनु’ मा १० प्रतिशत भार कम हुने भएको छ । मुलुकभरका रेष्टुराँहरूले विगत १२ वर्षदेखि उपभोक्तासँग उक्त सेवाशुल्क उठाउँदै आइरहेका थिए ।
रेबानको निर्णयसँगै अन्य होटल तथा पार्टी प्यालेस र नाइट क्लबहरूमा समेत सेवा शुल्क हटाउन दवाब परेको छ । तीन वर्षअघि भारतीय उच्च अदालतले समेत सेवा शुल्क खारेज गरेको थियो ।
युद्ध कालबाट शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र अन्य मजदुर संगठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्