काठमाडौं, पुस १९ ।स्वास्थ्य रहन हरेक मानिसलाई मन हुन्छ । अहिलेको समयमा मानिसको लागी स्वास्थ्य रहनु भनेको ठुलो चुनौतीको बिषय हो । स्वास्थ्य रहनको लागी मानिसको खानपानले ठुलो भूमिका खेल्ने गर्छ ।
खानपानमा ध्यान नदिँदा मानिसहरु बढी बिरामी पर्ने गर्छन् । खानपान कै कारण मानिसले स्वास्थ्य समस्याहरुको सामाना गर्नुपर्छ । त्यसैले स्वास्थ्य रहनको लागी सबैभन्दा पहिले खानपानमा ध्यान दिनु जरुरी हुन्छ । हामीलाई कस्तो खानेकुराले स्वास्थ्य राख्छ र कस्तोले राख्दैन भन्ने कुरा छुट्टाउन सक्नुपर्छ ।
स्वास्थ्य रहनको लागी निम्न खानपान जरुरी छ :
१० दुध र केरा :विहान र बेलुकी २ र ३ वटा केरासंग १ गिलास दुध पिउनुहोस् ।
२० अनारको बोक्रा : अनारको बोक्रालाई सुकाएर पिस्नुहोस र विहान बेलुका नियमित रुपमा एक चम्चा खानुहोस् । यसले शरिरमा रगतको मात्रा बढाउनमा मद्दत गर्दछ ।
३० काजु र बदाम : २र३ काजु र २ दाना बदामलाई एक गिलास दुधमा मिसाएर उमाल्नुहोस् । यसमा एक चम्चा मिश्री तथा चिनी मिसाएर सुत्नुभन्दा पहिले नियमित पिउनुहोस् ।
४० अमला : अमलाको पाउडरमा मिश्री पिसेर मिलाउनुहोस् । दैनिक सुत्नुभन्दा अघि एक चम्चा पाउडर मनतातो पानीसंग खानुस् ।
५० मेथी : दुई चम्चा मेथीका दानालाई ५ घण्टासम्म पानीमा भिजाउनुस् । यसलाई केहि समय उमाल्नुस् । उम्लीसकेको पानीलाई छानेर दुई चम्चा महसंग नियमित खानुहोस् ।
६० दालचिनी : एक गिलास दुधमा एक चौथाई चम्चा दालचिनी तथा एक चम्चा मह मिलाएर नियमित खानुहोस् ।
प्रतिक्रिया दिनुहोस्